इटहरीः बि.स २०६८ साल पुष ५ गते बिधिवत रुपमा स्थापना भएको मोरङ-सुनसरी सेवा समाज नेपालले सुनसरीको इटहरीमा आफ्नो ८ औ बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गरेको छ ।

कतारमा सुनसरी र मोरङबाट गएका प्रवासिहरुको सक्रियतामा यो सामाजिक संस्थाको निमार्ण भएको हो । मोरङ सुनसरीको चाहाना सभ्य र समृद्ध सिमाजको स्थापना भन्ने मुल नारासहित स्थापना भएको समाजले मोरङ र सुनसरीमा रहेकाहरुको लागी बिभिन्न सामाजिक काम गर्दै आएको छ । सामाजिक काममा मोरङ सुुनसरी सेवा समाजले गाउगाउसम्म पुगेर समस्यामा परेकाहरुलाई सहयोग गर्ने तथा उद्दार गर्ने लगायतको काम गर्दै आएको छ । यो सस्थाले बिशेष गरेर मृगौला पिडित, क्यानसर पिडित लगायतलाई स्वास्थ्य उपचारको लागी नगद सहयोग गर्ने गरेको संस्थाका अध्यक्ष रामनाथ भण्डारिले बताए ।

बिशेष गरेर स्वदेश तथा बिदेशमा रहेका मनकारी सदस्य सहयोगीबाट संकलन भएको रकमले बिभिन्न आपतमा परेकाहरुलाई सहयोग गर्दै आएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । आगामी दिनमा यो सस्थाको आफ्नै भवन निमार्ण गर्ने देखि संचयकोष समेत निमार्ण गर्ने लक्ष्य रहेको पनि प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा सुन्दरहरैचा नगरपालीकाका प्रमुख शिव ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।