खाँदबारी : संखुवासभाको पाँचखपन नगरपालिका–४ का होक्सेका एक व्यक्तिको घरको तलाबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६८ वर्षीय कर्णबहादुर जोगी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । सोमबार घरको माथिल्लो तलाबाट झर्दै गर्दा लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।