ओखलढुङगा : ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका ४ खिजिकाती स्थित एकजना युवक मृत अवस्थामा फेला परेका छन् ।

आईतबार बिहान ८ बजेको समयमा ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका ३ बस्ने २२ वर्षीय राजु सुनुवारलाई मृत अवस्थामा स्थानीयले देखेपछी तत्काल प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पुरा गरेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।