भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका-६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ ।

गत मङ्सिर १५ गते पीडितले उक्त घटना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ । जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।