धरान : विश्वकर्मा युवा समाज धरान उपमहानगरपालिकाले धरानका नवनिर्वाचित मेयर तिलक राईलाई सम्मान गरेको छ ।

आज सोमबार समाजको तेस्रो साधारणसभाको अबसरमा नगर प्रमुख राईलाई सम्मान पत्र सहिद दोसल्ला ओडाएर सम्मान गरेको हो । प्रदेशसभा प्रदेश नं १ का सदस्य चन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना भएको साधारणसभाकै अबसरमा समाजले दर्जनौ भन्दाबढि अगुवा विश्वकर्माहरुलाई खादा ओडाएर सम्मान गरे । समाजका अध्यक्ष युवराज शंकरको अध्यक्षतामा आयोजित सभालाई सम्बोधन गर्दै नगरप्रमुख राईले आफुले कतै बाटो बिराए निर्धक्क भएर सल्लाह दिन नगरबासीलाई उचित परामर्श तथा सल्लाह दिन आग्रह गरे । मेयर राईले धरानलाई समृद्ध बनाउन हजुरको साथ तथा सहयोगको अपेक्षा लिएको बताए । ‘नराम्रो काम म कदापि गर्दिन, राम्रो कामहरुको सल्लाह र साथ लिएर गर्छु’ मेयर राईले भने ।