काठमाडौं : नेपालमा हुने अपराधमा चिनियाँको संलग्नता बढ्दै गएपछि नेपाल प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

बैङ्कका एटिएमहरु ह्याकिङ, वित्तीयसहित विभिन्न अपराधमा संलग्न भएको आशंकामा एक सय २२ चिनियाँ नागरिक पक्राउ परेका हुन् । नेपालमा हुने गम्भीर प्रकृतिका अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएको पाइएपछि नेपाल सरकार र चीन सरकारका अधिकारीबीच छलफल भएको थियो । नेपालमा रहेका शंकास्पद चिनियाँ नागरिकलाई पक्राउ गरी डिपोर्ट गर्न चीन सरकारको आग्रहपछि उनीहरुलाई पक्राउ गरिएको हो । नागरिक दैनिकबाट