झापा: झापाको दमकमा बसले ठक्कर दिँदा पैदल यात्री महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस स्टेण्डमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९३४३ नम्बरको यात्रुबहाक बसले ठक्कर दिँदा मोरङ बेलबारी नगरपालिका ११ बस्ने ७१ बर्षीया धनमाया राईको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिकले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमकका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।