तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिका ६ का ५० बर्षीय लिलम लम्जेल बाटोमा मृत फेला परेका छन् ।

मंगलवार घरबाट शुक्रवारे बजारतर्फ हिडेका लम्जेल आज बिहान साँढे ८ बजे छथर गाउँपालिका ५ को सुदाप जाने बाटोमा मृत फेला परेका हुन् । शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर तर्फ हिडेका लम्जेल बाटोमा नै सुतेको र चिसोका कारण मृत्यु भएको हुन सक्ने स्थानीयवासीहरुले बताएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।