झापा : दमक नगरपालीकाले नगरलाई बालमैत्री नगर बनाउन आवश्यक योजनाका लगाी २ दिने कार्यशाला गोष्ठी शुरु गरेको छ ।

नगरपालीकाको सभाहलमा आयोजित कार्यक्रममा नगरको ५ वटा वडाका बालसंरक्षण समितिका पदाधिकारीहरुको सहभागिमा कार्यक्रम शुरु भएको हो । आज विहीबार पहिलो चरणमा १, २, ५, ६, ७ वटा वडाको बालसंरक्षण समितिका पदाधिकारी, संबन्धीत वडाका जनप्रतिनिधीहरु बिच कार्यशाला गोष्ठी भएको हो ।

नगरलाई के कसरी बालमैत्री नगर बनाउन सकिन्छ ? बालमैत्रि आचर संहिताको बारेमा जानकारी गराउन यस्तो कार्यक्रमको आयोजना गरिएको नगर बालसंरक्षण समितिका सदस्य सचिव सरिता भण्डारीले जानकारी दिइन् । गोष्ठीको सहजीकरण नगरका बालमैत्री सम्पर्क व्यति सुमन अधिकारीले गरेको सो कार्यक्रम अनतरगत भोली बाँकी ५ वटा वडाका बाल संरक्षण समितिका पदाधिकारीहरुबिच हुने जनाइएको छ ।