महिनावारीमा कहिलेकाहीँ गडबडी हुन्छ । केही किशोरीमा पहिलोपटक महिनावारी भएपछि २-४ वर्ष नै हुँदैन, त्यसपछि फेरि नियमित रूपमा हुन्छ । यो सामान्य प्रक्रिया हो, यसले स्वास्थ्यमा केही असर गर्दैन । तर, कतिपय अवस्थामा भने एक्कासि महिनावारीमा गडबडी आउन सक्छ । यसरी घटबढ हुनुमा उमेरले पनि फरक पार्छ । जस्तै, किशोरावस्थामा अनियमित हुनुको मुख्य कारण अपरिपक्वता हो । ब्रेनदेखि ओभरीसम्म महिनावारी नियमित गर्ने मेकानिजम परिपक्व नहुन्जेल महिनावारी नियमित हुँदैन । यसबाहेक गर्भसँग सम्बन्धित समस्या, जस्तैः गर्भपतन, सुत्केरी हुने र सालबाट उत्पन्न हुने ट्युमरका कारण पनि महिनावारीमा गडबडी आउन सक्छ ।

१, परिवार नियोजनका साधनको अनियमित प्रयोग तथा त्यसको साइड इफेक्टले पनि महिनावारी अनियमित हुन्छ । प्रजनन तथा यौनअंगको संक्रमण, प्रजनन अंगमा हुने ट्युमर, हर्मोनल औषधि प्रयोगले पनि अनियमित हुन्छ ।

समाधान

१, जथाभावी औषधि सेवन गर्नुहुँदैन । सूचीकृत नभएका स्वास्थ्यसंस्था र औषधि पसलबाट औषधि किनेर खाँदा समस्या निम्तिन सक्छ ।
२, महिनावारी असामान्य रूपमा गडबड भएमा सम्बधित विशेषज्ञसँग नै परीक्षण गराउने, समयमा नै उचित रूपमा औषधि सेवन गर्ने र क्यान्सर स्क्रिनिङ टेस्ट गर्ने गर्नुपर्छ ।
३, सरसफाइमा विशेष ध्यान दिनुपर्छ । असामान्य रूपमा पेट दुखेमा किशोरीहरूले चिकित्सकसँग परामर्श गर्नुपर्छ । खराब जीवनशैली, खानपान, तनाव वा अन्य स्वास्थ्य समस्याका कारण यस्तो समस्या हुने गर्छ । -नयाँ पत्रिकाबाट