विर्तामोड: राजमार्गको छेउछाउमा फोहोर नफाल्न आग्रह गर्दै झापाको बिर्तामोड नगरपालिकाले सचेतनाका लागी सार्वजनिक बोर्ड राखेको छ ।

राजमार्गको वरीपरी फोहोर फ्याक्दा बतावरण प्रदुषीत हुने र आउदै गरेको भ्रमण वर्ष २०२० लाई पनि असर पार्ने भएको भन्दै सचेतनाका लागी सार्वजानीक बोर्ड राखेको नगरपालिकाको भनाई छ । बिर्तामोड नगरपालिकामा रहेको गिरीबन्धु टि स्टेट अगाडी सचेतना बोड राखिएको हो । बिर्तामोड नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागी जग्गा लिजमा लिएर नगरबाट सँकलित फोहोर व्यवस्थापनको काम अघि बढाए पनि स्थानीयले भने फोहोर फालेकाले सार्वजानीक सुचना बोर्ड राखिएको हो ।

सुचना बोड राख्दा समेत फोहोर फ्याकेमा कानुन बमोजिम फोहोरमैला व्यवस्थापन कार्यविधि २०७२ अनुसार ३० हजार जरीवाना हुने विर्तामोड नगरपालिकाका नायब सुब्बा मेघराज वाँस्तोलाले वताए । कतिपय अवस्थामा जानकारी नभएर फोहोर फाल्ने गरेको भएनी कतिपयले जानी जानी फोहोर अव्यवस्थित तरीकाले फ्याक्ने गरेका छन् । सार्वजानीक बोर्ड राखिए पछि फोहोर फयाक्ने कुरामा केही कमि आउने आशा गरिएको छ ।