विर्तामोडः मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले शान्तिका अग्रदुत गौतम बुद्घको उपदेशलाई मात्र अनुशरण गर्ने हो भने देशलाई समृद्घ र विकसित गर्न कुनै समस्या नहुने बताएका छन् ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरेर धार्मिक पर्यटकलाई आर्कषण गर्ने उद्घेश्यले नेपाल अहिंसावादी बौद्घ धर्म विश्व शान्ति चक्र संघ मेचीनगरले विश्व शान्तिको कामना गदैं आयोजना गरेको चारदिवशिय तेस्रो बुम पाठ तथा विश्व शान्तिको महायज्ञ पूजाको उद्घाटन समारोहमा बोल्दैं प्रमुख आचार्यले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा गौतम बुद्घका बाणीलाई आत्मसाथ गरेर पालना गर्नु हरेक प्राणीको कर्तव्य रहेको उनको भनाई थियो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकार आफ्ना क्षेत्रमा भएका मठ मन्दिर, मस्जिद, चैत्य गुम्बाको संरक्षण तथा प्रवद्र्घनमा लागेको बताइन् । कार्यक्रममा मेचीनगर वडानम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, समाजसेवी जगत तामाङलगायतले मन्तव्य राखेका थिए ।