झापा: झापाको शिवसताक्षी नगरपालिका ६ का ३९ बर्षीया फङके किस्कु मुर्मुलाई श्रीमान्ले छुरा प्रहार गरी हत्या गरेका छन् ।

भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका ६ मा रहेको धानको काँटामा काम गरिरहेका ४० बर्षीय शंकर भन्ने बुधराम मुर्मुले गए राती आफ्नै श्रीमतिको हत्या गरेका हुन् । श्रीमतिसँग बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद हुदा उनले एक्कासी छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट श्रीमति गम्भीर घाईते भएकी थिईन् ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र शिवगंज पुर्याएको थियो । उनको उपचारको क्रममा राती साँढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने बुधरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।