धरान: धरान उपमहानगरपालिका वडा नं १७ का दुई युवा लागुऔषधसहित पक्राउ परेका छन् ।

बिहिबार साँझ करिब ६ बजे धरान १७ स्थित इन्द्रेणी मार्गबाट २३ बर्षीय अरुण मगर लागुऔषधसहित पक्राउ परेका हुन् । उनले लगाएको पाइन्टको दाहिने गोजीमा चेकजाँच गर्दा भित्र लुकाएर बोकेको अवस्थामा डाईजालाब ३१, लुपिजेसिक ३१ र ऐभिल ३१ एम्पुल फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यस्तै, धरान १७ उदयटोलका २० बर्षीय दिवश लाखे (परियार) पनि पनि बिहिबार राती लागुऔषधसहित पक्राउ परेका छन् । उनले लगाएको आफ्नो कम्मरको पेटि लाईनमा टेपले बाँधेर लुकाएको अवस्थामा डाईजालाब १७, लुपिजेसिक १७ र ऐभिल १७ एम्पुल फेला परेको थियो ।