झापा: ईलाका प्रहरी कार्यालय ऊर्लाबारी, मोरङ्गमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई घूस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हवल्दार श्रेष्ठले ८ हजार रुपियाँ सेवाग्राहीबाट घूस वापत लिएको दाबीसहित पक्राउ गरेको छ । काठ फर्निचरको कारोबारमा सहजीकरण गर्ने नाममा श्रेष्ठले सेवाग्राहीसँग घूस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । दमक नगरपालिका वडा नं ४ ताराबारीस्थित काठमिलमा सेवाग्राहीसँग घूस वापतको रुपैयाँ लिए लगत्तै उनलाई नियन्त्रणमा लिएको कोइरालाले जानकारी दिए । श्रेष्ठलाई आयोगको इटहरीस्थित कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।