पाँचथर: पाँचथरको फिदिम नगरपालिका २ साम्दिनका ४३ बर्षीय विष्णु लिम्वुको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ।

हिजो राती साँढे ८ बजे फिदिम वुद्ध मार्गस्थित भित्रि पक्की सडकखण्डमा वुद्धमार्गबाट साम्दिन तर्फ जादै गरेको ३ चक्के स्कुटी आफै अनियन्त्रित भई सडकको वाँया साईट नालिमा पल्टिएको थियो । स्कुटी पल्टदा चालक लिम्बु गम्भिर घाईते भए ।

उनलाई स्थानीय अस्पतालमा उपचार गर्ने क्रममा पाउने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मृतक लिम्बु (अपाङग व्यक्ती ) रहेको खुल्न आएको छ।