पाँचथर: पाँचथर तुम्वेवा गाँउपालिका ५ निगालेका ७५ बर्षीय अटलसिंह राईको लडेर मृत्यु भएको छ।

हिजो दिउँसो साँढे ४ बजे आफ्नै बारीमा घाँस काटने क्रममा कान्लाबाट अन्दाजी १० फिट तल खसेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

यसैगरि, मोरङ ग्रामथान गाँउपालिका ४ का पारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय रामबहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हिजो बेलुका सवा ७ बजे फुसको छाँनो भएको गोठमा आगलागी हुदा सरदारको खेतबारी हेरचाह गर्न बसेका सार्कीको जलेर मृत्यु भएको हो । मृतक सार्की उदयपुर घर भई सोही गोठमा बस्दै आएका थिए ।