धरान: कवि एकराज थापा र पत्नी चन्द्रकला थापाले आफ्नो छोरा दिपशन थापाको जन्मदिन धनकुटाको विश्रान्ती मन्दिरमा आश्रित वृद्धवृद्धाहरुसँग मनाएका छन् ।

मुलघाटस्थित विश्रान्ती आश्रममा रहेका करिब ४५ जना वृद्धवृद्धाहरुसँग भोजन गराउनुका साथै नगद पनि वितरण गरेर थापा दम्पत्तिले छोराको जन्मदिन मनाएका हुन् । छोराको जन्मदिनमा होटल तथा रेष्टुरेष्टमा अनावश्यक खर्च गर्नुभन्दा सामाजिक तथा मानवीय सेवामा खर्च गर्नुउचित लागेर विश्रान्तीमा सहयोग गरिएको कवि थापाले जानकारी दिए । छोराका वास्तविक जन्मदिन पुष १६ गते भए पनि आज शनिबार सोही अवसरमा विश्रान्तीमा पुगेर वृद्धवृद्धाहरुसँग मनाइएको उनले बताए ।

ekraj1