प्रजनन उमेर पुगेका महिलामा तल्लो पेट दुख्नु साझा समस्या हो, महिनावारी हुनुभन्दा अगाडि र महिनावारीको समयमा पेट दुख्नु स्वाभाविक हो । तर, महिनावारीको समयबाहेक अन्य वेला पनि तल्लो पेट दुख्नु ठीक होइन ।

१, पेट दुख्नुका धेरै कारण छन् । पिसाब र पाठेघरको छेउछाउमा हुने संक्रमणले पनि तल्लो पेट दुख्छ ।
२, इन्डोमेट्रोसिस अर्थात् एडिनोमायोसिस तल्लो पेट दुख्ने अर्को कारण हो । इन्डोमेट्रोसिस हुँदा पाठेघरको मांसपेशी र डिम्बाशयमा पनि रगत पुग्छ, हरेक पटक महिनावारी हुँदा यसरी बाहिर बगेको रगत जमिरहन्छ । पाठेघर बाहिर पुगेका टिस्युबाट निस्कने रगत शरीरबाट बाहिर जान पाउँदैन र इन्ड्रोमेटिक सिस्ट हुन्छ ।
३, आन्द्रा, पिसाबनली र पिसाबथैलीमा रगत जम्मा भएमा दिसा–पिसाब गर्दा, महिनावारीको समय र सामान्य काम गर्दा पनि दुखाइ हुन्छ । बिस्तारै कतिपय महिलामा गर्भ नरहने समस्या हुन्छ ।
४, कतिपयमा वर्षौंदेखि पाठेघरको टिबीका कारण दुखाइ भइरहेको हुन्छ । महिनावारी गडबड हुने , महिनावारीको समयमा धेरै वा थोरै रगत जाने, कमजोरीपन देखापर्ने, खानामा रुचि नहुने, तौल घट्दै जानेजस्ता समस्या देखिन्छन् ।
५, कतिपयमा शारीरिक सम्पर्क राख्दा पनि तल्लो पेट दुख्न सक्छ । सामान्य काम गर्दा पनि पेट दुखिरहने, ढाड दुख्ने, योनीबाट तरल पदार्थ बग्नेसमेत हुन्छ । जसले बिस्तारै मानसिक स्वास्थ्य पनि कमजोर बनाउँछ ।

उपचार
पाठेघरको टिबी बायोप्सी गरेर पत्ता लगाउन सकिन्छ । तर, कतिपयमा इन्डोमेट्रोसिस भएको सजिलै पत्ता लगाउन सकिँदैन । पाठेघरको अवस्था जाँच गर्न अल्ट्रासाउन्ड वा ल्याप्रोस्कोपी गर्नुपर्ने हुन्छ, इन्डोमेट्रोसिसको अवस्थाअनुसार शल्यक्रिया र औषधिको माध्यमबाट उपचार गर्न सकिन्छ ।

डा. मीना प्रधान, स्त्रीरोग विशेषज्ञ, मनमोहन मेमोरियल अस्पताल -नयाँ पत्रिकाबाट