विर्तामोड: झापाको बिर्तामोड नगरपालिका क्षेत्रका धिमाल महिलाहरुलाई सक्षम बनाउने उद्देश्यले धिमाल महिलाहरुलाई पेटनी बुन्ने तालिम दिन शुरु गरिएको छ ।

पिछडा वर्गमा राखिएका धिमाल जातीका महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित पेटनी बुन्ने तालिमको नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीले उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. १ का २६ जना धिमाल समुदायका महिलालाई तालिम दिन शुरु गरिएको छ । नारी संकल्प बिर्तामोडको आयोजना साथै धिमाल जाति तथा पिछडिएको वर्ग आय तथा सीपमूलक तालिम केन्द्रको अगुवाईमा प्रशिक्षण सुरु गरिएको हो । तालिममा सहभागी महिलालाई प्रशिक्षक तथा तालिम सहजकर्ता सीता धिमालले पेटानी बुन्न सिकाइने वताएको छ ।

पछिल्लो समय धिमाल महिलाहरुले बाध्ने पेटानी लोप हुँदै गएपछि संस्कार, संस्कृतिको समेत संरक्षणमा सहयोग पुगोस र आय आर्जनको बाटो बनोस भन्दै प्रशिक्षण दिन शुरु गरिएको नारी संकल्पकी अध्यक्ष तुलसा मैनाली खरेलले बताइन् । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. १ का वडाध्यक्ष अग्नि पाण्डे, समाजसेवी सुरेन्द्र नेपाल, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, बिर्तामोड नगरपालिका नगर प्रमुख धुव्रकुमार शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।