धरान : धरानमा समुदायबाट संचालित खानेपानी तथा उपभोक्ता समितिहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

धरानमा खोला, जरुवा तथा विभिन्न श्रोतहरुबाट खानेपानी ल्याई उपभोग गरिरहेका उपभोक्ता समितिको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको हो । पुस ९ देखि ११ र ११ देखि १३ गरी दुई समूहमा तीन दिने प्रशिक्षण सम्पन्न भएको थियो । धरानको होटल रत्न ईन र होटल स्टार पूर्वीमा सम्पन्न तालिमको पहिलो समुहको प्रशिक्षणको समुद्घाटन धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले गरेको थियो भने दोस्रो समुहको तालिमको उद्घाटन उप प्रमुख मञ्जु भण्डारी सुवेदीले गरिन् ।

क्षमता अभिवृद्धिका लागि गरिएको कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजकले विशेष जोड दिनुपर्ने र खानेपानी उपभोक्तहरुलाई दिगो विकासका लागि सहकार्य गर्न समेत नगर प्रमूख तिलक राईले आह्वान गरे ।
नेपाल सरकार खानेपानी मन्त्रालयले ग्रामिण खानेपानी तथा सरसफाइ सुधार आयोजना भाग २ अन्तरगत सामुदायिक खानेपानी प्रणालीहरुको दिगोपनाका लागि यस खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको क्षमता अभिवृद्धि गर्ने क्रममा तालिमको आयोजना गरिएको पी.एस.टी.सुनसरीका वास ईन्जिनियर रविन्द्र कुमार देवले जानकारी गराए ।
धरानमा रहेका ८० वटा खानेपानी उपभोक्ता मध्ये ५४ ओटामा तालिम यस अघि नै सम्पन्न भैसकेको छ । यस पटक १३, १३ गरी २६ वटा उपभोक्ता समितिका पदाधिकारी मध्येबाट एक १ महिला र १ जना पूरुष गरी २ जनाका दरले प्रशिक्षण प्रदान गरिएको एम.एन.ई. देविलाल पाण्डेयले जानकारी दिए ।
धरानमा भएको खानेपानी समस्या समाधानका लागि खानेपानी उपभोक्ताहरुले धेरै हद सम्म न्युनिकरण गर्न सहयोग गरिरहेकोमा उपभोक्ताहरुको क्षमता अभिवृद्धिले यसको दिगोपनमा सहयोग पु¥याएको प्रमूख प्रशिक्षक एवं पी.एस.टी. काठमाण्डौंका हिम्मत सिंह लेकालीले विचार व्यक्त गरेका थिए । तालिममा प्रशिक्षकहरु रुप नारायण यादव, पदम खत्रीले समेत सहजिकरण गरेको थियो ।

कार्यक्रममा एम. वास यूनिटका संयोजक राजु पोखरेल, फोकल पर्सन रामकुमार राई, डी. एस.ओ.एस.सुनसरी टिम लिडर रामेश्वर प्रसाद खड्गा, समाजिक विज्ञ मोहन श्रेष्ठ, अफिस मेनेजर एकराज अधिकारी, प्रविधिक रोहित यादव लगायतको सहभागिता रहेको थियो । आफ्नै बलबुताले स्थानीय जन श्रमदान र सोतबाट खानेपानी उपभोग गरिरहेका आफुहरुलाई समुहको विकास र दिगोपनका लागि धेरै कुरा सिक्ने अवशर पाएकोमा सहभागिहरुले खुशिी व्यक्त गर्दै सिकेको कुरा व्यवहारमा उतार्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।