बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको श्री बालसेवा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई मिडिया नेपाल प्रदेश नम्बर १ समितिले न्यानो कपडा वितरण गरेको छ ।

शुक्रबार श्रीलंका टापु स्थित विद्यालयमा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सहमहामन्त्री केदार कोईराला, विशिष्ट अतिथिद्वय राप्रपा बराहक्षेत्र नगर अध्यक्ष अर्जुन भट्टराई, यसैगरी मिडिया नेपालको केन्दिय सदस्य बिकल रेग्मी तथा मिडिया १ नम्बर प्रदेशका अध्यक्ष विजय राउतले एक सय छ थान स्वीटर बालबालिकालाई प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा सहमहामन्त्री कोईरालाले अर्बाै रुपैयाँको भ्रष्टाचारी एनसेल र पेप्सीकोलालाई सरकारले केही गर्न नसकेको तर एक एक पैसा कर दिने जनताको शिक्षकको दरबन्दी र सेवा सुविधामा भने चुप लागेकोमा आक्रोश व्यक्त गरे ।

बराहक्षेत्र नगरपालिकाको विकट स्थानमा सेवा सुविधाबाट बन्चित गाउँको विद्यालय प्रति उदासिन रहेको सरोकारवालाको ध्यान मिडियामार्फत आकर्षित गर्ने र विद्यालयको विकास र उत्थानमा पहुँच बढाउन कार्यक्रमको आयोजना गरिएको मिडिया नेपाल प्रदेश १ का अध्यक्ष विजय राउतले बताए ।

महेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका का अध्यक्ष भवानी धिमाल,नेका महिला संघ केन्द्रिय सदस्य अनु गुरुङ्ग,बेलका नपा संयोजक भरत घिमिरे,बालसेवा विद्यालयका प्राचार्य धनकुमारी राइ र नेकपा नगर कमिटि सचिव गजेन्द्र थापा र श्याम लिम्बु, सुमन खतिवडा लगायत अतिथिहरुको उपस्थिती रहेको थियो ।

विजय राउतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिडिया नेपाल १ नम्बर सचिव दिपक सुवेदीले गरेका थिए ।