पथरी : चिसोले कठ्यांग्र्रिएर मोरङको उर्लाबारी ४ का ५४ वर्र्षीय सोमबहादुर रोक्काको मृत्यु भएको छ । रोक्का आफ्ना भतिजसँग भनाभन भएपछि ३ वर्ष यता एक्लै बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार रोक्कालाई सोमबार उर्लाबारी १ को बक्राहा खोला किनारमा मृत अवस्थामा भेटिएको हो । मदिरा सेवन गरी बेहोस भएका रोक्का खोला किनारमा ढलेपछि उठेर घरसम्म पुग्न नसक्दा ढलेकै ठाउँमा चिसोले कठ्याङग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ रहेको छ ।