भोजपुर: भोजपुरको षडानन्द नगरपालिका १० खोट डाँडामा बलेरो पल्टदा १ जनाको मृत्यु भएको छ ।

सोमवार अपरान्ह पौने ५ बजेको समयमा खोट डाँडाबाट धरान तर्फ सुन्तला बोकेर आउँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई बाटो देखि करिव १५ मिटर तल खसेर दुर्घटना हुँदा बलेरो चालक धरान उपमहानगरपालिका १६ का २७ बर्षीय फुर्वा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा राती साँढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।