सुनसरी: सुनसरीको बर्जु गाउँपालिका १ का २६ बर्षीय जयराम मेहेताको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।

सोमवार राती साँढे ८ बजेको समयमा चिमडीबाट शुक्रवारेतर्फ जाँदै गरेको को ११ प ८८७६३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक मेहताको उपचारको क्रममा बिराटनगरको गोल्डेन अस्पतालमा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।