तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिका १ का ७२ बर्षीय नर बहादुर लिम्बुको घर बनाउने क्रममा एक तला माथीबाट लडेर मृत्यु भएको छ ।

सोमवार बिहान ८ बजे आफ्नै घर बनाउने क्रममा घरको १ तलामाथीबाट लडेर लिम्बु घाईते भएका थिए । उनलाई उपचारको लागी वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । लिम्बुको उपचारमा संग्लग्न चिकित्सकले उपचार सम्भव नभएको जानकारी दिएपछि घरतर्फ लैजाने क्रममा बाटोमा नै राती साँढे १० बजे मृत्यु भएको थियो । मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।