धरान : धरान उपमहानगरपालिका वडा नं. १४ मा विजयपुर पार्क शौन्दर्यकरण उपभोक्ता समिति गठन भएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरि विकास राईको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो । समितिको सचिवमा शकंर पाण्डे, कोषाअध्यक्ष अनु बस्नेत, सदस्य क्रःमश दिनेश श्रेष्ठ, बिमल गुरुङ, संजिता धमला, बिशाल प्रधान रहेका छन् ।

धरान उपमहानगरपालिकाको नगरसभाबाट आर्थिक वर्ष ०७६/७७ को बजेट शिर्षकमार्फत विजयपुर चौक शौन्दर्यकरण तथा व्यवस्थापन गर्न रु पन्ध्र लाख रुपैयाँ छुट्याएको छ । पन्ध्र लाख रुपैयाँ रकम विनियोजन बजेट अनुसार धरान उपमहानगरपालिका सँग सम्झौता गर्ने निर्णय समेत गरेको छ । यस पार्क शौन्दर्यकरण अभियानले पर्यटन वर्ष २०२० लाई सफल पार्न मद्दत पुग्ने जनाएको छ ।