ताप्लेजुङ: ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ की ३५ बर्षीया सरिता लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ ।

आज बिहान ७ बजे घाँस काट्न भनी घर नजिकै रहेको अभेजुक भिरमा गएकी लिम्बु घाँस काट्ने क्रममा अचानक चिप्लेर लडी अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी पापुङबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको छ भने अन्य थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट अनुसन्धान टोली खटि गएको उक्त कार्यालयले जनाएको छ ।