पथरी : मोरङको कानेपोखरी रमाइलो सडक खण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छ्न ।

सो दुर्घटनामा पथरीका पत्रकारद्वय गोपाल काफ्ले र विबेक न्यौपाने घाइते भएका हुन् । पत्रकारद्वय सवार मोटरसाइकल दक्षिण् बाट उत्तर आइरहेको नम्बर नखुलेको पिक अपसंग ठक्कर खाएको हो । घाइते काफ्लेको खुट्टामा चोट लागेको छ भने न्यौपानेको अवस्था सामान्य रहेको छ । समाचार संकलन गरेर फर्किएका उनिहरुको पथरीको मोरङ अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

अघि–अघि गुडिरहेको को २ च ३४४६ नम्बरको भ्यानका चालकले आकस्मिक रुपमा सडकको बीचमा गाडी रोकिदिँदा न्यौपानेले चलाएको को २२ प २०९ नम्बरको मोटरसाइकल भ्यान गाडीसँग ठोक्किन नदिने प्रयास गर्दा दुर्घटना भएको हो । सँगै रहनु भएका अर्का पत्रकार भीमराज अधिकारीले भने, ‘चालकले मोटरसाइकल सडक किनारमा लगेर नरोकेको भए मानवीय क्षति हुनसक्थ्यो ।’