काठमाडौं : सशस्त्र प्रहरीको इन्सपेक्टर र असईका लागि दरखास्त दिने म्याद १५ दिन थप भएको छ । सशस्त्र प्रहरी बल नेपालको भर्ना छनोट शाखाले शुक्रबारसम्म दरखास्त दिने म्याद राखेको भएपनि अझै १५ दिनका लागि दरखास्त म्याद थपेको हो ।

अब दरखास्त दिने अन्तिम म्याद माघ तीन गतेसम्म भएको छ । गत मंसिर १८ गते सशस्त्रले ५८ जना सशस्त्र प्रहरी निरीक्षक र २ सय २९ जना सहायक निरीक्षक (असई)को माग गरेको थियो । जसमा १ सय २८ खुला, तीन अमर सन्तति, २२ महिला, ३५ आदिवासी, १६ दलित र पाँच पिछडिएको क्षेत्रका असई मागेको थियो । त्यस्तै इन्सपेक्टरमा ३१ खुला, १ अमर सन्तति, ५ महिला, ९ आदिवासी, ७ मधेशी, ४ दलित र १ पिछडिएको क्षेत्रबाट माग गरेको छ ।