नियमित स्याउ खाँदा हाम्रो शरीरलाई आवश्यक पर्ने पैस्टिक तत्व प्राप्त हुन्छ । यो हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । खासगरी, ब्रेकफास्टमा स्याउ समावेश गर्नु राम्रो मानिन्छ ।

-स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।
-स्याउ सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत् राख्न पनि सघाउ पुर्याउँछ ।
-स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ ।
-स्याउले शरीरमा रहेको पिएचको मात्रालाई नियन्त्रण गरी पाचन प्रणाली दुरुस्त बनाउन मद्दत गर्छ ।
-स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।
-नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ । साथै, मोटोपनबाट हुने हृदयाघात, डायबिटिज, मुटुरोगजस्ता विभिन्न समस्याको सम्भावना हुँदैन ।
-मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ । साथै, बिरामीले खाएमा पत्थरीका कारण हुने दुखाइबाट आराम मिल्छ ।
-ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कालेस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ । यसरी पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत पुग्छ ।
-हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशत रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ । -नयाँ पत्रिकाबाट