झापा: झापाको दमक –२ स्थित सरस्वती आधारभुत बिद्यालयका ५४ जना विपन्न समुदायका बालबालिकाहरुलाई आज स्थानीय सरकारले न्यानो कपडा र बालविका केन्द्रका बालबालिकाका लागि खाजावापत चामल प्रदान गरेको छ ।

नगरपालिकाद्धारा प्रदान गरिएका स्वीटर, टोपी र सुरुवाल आज आयोजित कार्यक्रममा सो वडाका वडाध्यक्ष प्रजापति सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका वडा सदस्य चन्द्र गौतम, वडा सदस्य भक्तादेवी दाहाल, प्रधानाध्यापक लक्षीमाया चौहान, विद्यालय अनुगमन समिति संयोजक पुष्प अधिकारी लगायतले वितरण गरेका हुन् । नगरपालिकाको सामुदायिक शिक्षा सुधारको बजेटबाट ति कपडा खरिद गरिएको हो । ति कपडाहरु मध्ये सुरुवाल सिलाईका क्रममा रहेकाले एक/दुई दिन भित्रै बालबालिकाहरुलाई कक्षाकोठामा नै हस्तान्तरण गरिने प्रधानाध्यापक चौहानले जानकारी दिए ।