ईलाम: ईलामको सुर्योदय नगरपालिका १२ आठघरेमा दाजुभाई बिच झगडा तथा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

आईतवार राती दाजुभाईबीच झगडा हुँदा ४६ बर्षीय भाई हर्कबहादुर रसाइलीको मृत्यु भएको हो । उनलाई दाजु ४८ बर्षीय रामबहादुर रसाइलीले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटिएर कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको छ भने हत्यामा संग्लग्न तत्काल फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।