धरान: मिजार सेवा समाज धरानले आफ्नो स्थापनाको २५ औ बार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा नगर सरसफाई गरेको छ ।

समाजले छाताचोकदेखी भानुचोकसम्म सरसफाई कार्यक्रम गरेको हो । कार्यक्रममा समाजका सदस्य तथा बराह ग्रुपका कर्मचारीहरुको सहभागिता रहेको थियो । समाजका अध्यक्ष धनबहादुर हमालका अनुसार रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम अन्तर्गत पौष १९ गते शनिबार भानुचोकमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । आज नगर सरसफाई गरिएको र पुष २६ गते शनिबारका दिन अतिथि सदन गीता मन्दिरमा समाजको बार्षिक साधारणसभा आयोजना हुनेछ ।