धरान: लागुऔषध मुद्दामा अदालतबाट कैद सजाय भएपनि फरार भएका धरान ९ का २६ बर्षीय सुर्य साह पक्राउ परेका छन् ।

फरार अभियुक्तहरुको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानले उनलाई आज बिहान फक्राउ गरेको जनाएको छ । साहलाई सुनसरी जिल्ला अदालतले गत असार १९ गते लागुऔषध मुद्दामा १ बर्ष १० महिना कैद र १ लाख रुपैया जरिवानाको सजाय सुनाएको थियो । उक्त सजाय भुक्तान नगरी साह फरार अवस्थामा थिए । प्रहरीले आज बिहान ९ बजे पक्राउ गरी फैसला कार्यन्वयनको लागी जिल्ला अदालतमा पठाएको प्रहरीले जनाएको छ ।