पथरी: जाडोले गार्हो बनाए पनि न्यानो लुगा नहुँदा लेटाङ ३ की पवित्रा दर्जीलाई निक्कै समस्या थियो । श्रीमान्को मृत्यु पछि भरथेक गर्ने छोरा पनि परदेशिए ।

यो जाडोको पीडा भन्दा परदेशिएका छोराले आमालाई नसम्झदा उनको मन कुँडिन्छ । आइतबार लेटाङको शिवालय मन्दिरमा ग्रामीण महिला बिकाश केन्द्र लेटाङले न्यानो कपडा वितरण गर्दा उनले पनि पाइन् । जम्मा ८६ जना ज्येष्ठ नागरिकलाई केन्द्रले कपडा वितरण गरेको थियो । उनले न्यानो कपडा पाउदा आँखाको आँशु लुकाउन सकिनन् ।

jestha-mahila

केन्द्रले लेटाङ नगरपालिका वडा नम्बर २,३,४,५ र ६ मा न्यानो कपडा वितरण गरेको हो । नगरका अति गरिब ८६ जना बृद्धालाई न्यानो कपडा, बर्को र बिस्कुट बितरण गरेको केन्द्रकी सचिव शान्ती लामा पाख्रीनले जानकारी दिइन् । बिगत २६ बर्ष अगाडि स्थापना भएको यो संस्थाले विभिन्न क्षेत्रहरुमा काम गर्दै आइईरहेको छ। यो कार्यको लागि ४० हजार रकम खर्च भएको पाख्रीनले जानकारी दिइन ।