पथरी : जोत भोग तथा बसोबासका आधारमा धनिपुर्जा पाउनु पर्ने माग गर्दै मोरङको पथरीशनिश्चरेका सुकुम्बासी आन्दोलित हुने भएका छन् ।

पहिलो चरणमा उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । मोरङको पथरीमा भएको सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले पौष २६ बाट चरणबद्ध आन्दोलनको घोषणा गरेको समितिका अध्यक्ष मौशम लिम्बुले जानकारी दिए । उनका अनुसार सो दिन खबरदारी गर्ने र मंगलबार नगरपालिकाका प्रमुख उपप्रमुखलाइ ध्यानकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ । खबरदारी सभा भने जनाअन्दोलन चौकमा हुने छ । सुकुम्बासीको समस्या समाधान गर्न उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । 

pathari