सप्तरी : जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका-१० का ५९ वर्षीय खगेन्द्र यादव, खड्क नगरपालिका-४ का ५८ वर्षीय इसराइल मियाँ ,सोही नगरपालिका-६ का राजकुमार साह रहेका छन् । यसैगरी खड्क नगरपालिका -९ का मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चौधरी र सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी, बोदे बर्साइन नगरपालिका-९ का ४७ वर्षीय चन्देश्वर साह तेली, खड्क नगरपालिका-६ का नजबुद मियाँ र सोही नगरपालिका-९ का महिनारायण चौधरीको हकमा भाइ दीपनारायण चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भारतीले बताए । राजगढ गाउँपालिका-२ का बलवीरकुमार यादव, बलान बिहुल गाउँपालिका-३ का ५४ वर्षीय जयराम साह, सुरुङ्गा नगरपालिका-९ का ४० वर्षीय नरसिहं चौधरी, खड्क नगरपालिका-९ का फागु मण्डल, बोदे बर्साइन नगरपालिका-९ का ५७ वर्षीय झौली मण्डल, सोही नगरपालिका-२ का ४७ वर्षीय महेन्द्र साह र ३८ वर्षीय रामसुन्दर यादव, खड्क नगरपालिका बद्री चौधरी र सङ्गीताकुमारी चौधरी पक्राउ परेका छन् । प्रहरीले फरार अभियुक्त पक्राउ गर्ने अभियान यहाँ सञ्चालन गरेको जनाएको छ ।