झापा : २९ दिन लामो पूर्वपश्चिम राजमार्गको पैदलयात्रा पूरा गरेका झापा, दमक ३ का खग्रेन्द्र निरौलालाई वडा कार्यालयले सम्मान गरेको छ ।

भ्रमण वर्ष २०२० लाई सफल बनाउन सघाँउ पुर्याउन उद्देश्यले हालै मेची–महाकाली पैदलयात्रा पूरा गरेका २२ वर्षीय निरौलालाई वडा कार्यालयले सम्मान गरेको हो । वडा कार्यालयमा आज एक कार्यक्रमका बीच पैदलयात्री निरौलालाई ढाका टोपी लगाएर सम्मान गरिएको वडाध्यक्ष नविन बरालले बताए । गत मंसीर २० गते महाकालीको महेन्द्रनगरस्थित गढढीचौंकीबाट शुरु गरेका सो पैदलयात्रामा निरौलासहित मेचीनगर घर भई हाल दमक ८ का शुरेश उप्रेती पनि सहभागि थिए । द्धययात्रीले पुस १८ गते निर्धारित यात्रा पूरा गरेका थिए ।

पैदलयात्री निरौलाका अनुसार यात्राका क्रममा स्थानीय संघसंस्थाहरुको सहयोगले गर्दा यात्रा सफल भएको छ ।
दैनिक ४० किलोमिटर दुरी पैदल यात्रा गरेका दुवै युवाले यसरी लामो पैदलयात्रा कहिल्यै गरेका थिएनन् । निरौला भन्छन्,‘यात्राका क्रममा खासै दुख झेल्नुपरेन, लक्ष्य अनुरुप यात्रा सफल रहयो ।’ ती दुवै यात्रीले आफनो व्यक्तिगत खर्चमा करिव १०३१ किलोमिटर यात्रा गरेका हुन् ।