झापा : नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध अभिकर्ताहरुको छाता संगठन “पेशागत बिमा अभिकर्ता सँघ” को गौरादह उपशाखाको अध्यक्ष पदका लागि गौरीगञ्जका धिरज अग्रवाल चयन भएका छन् ।

बिमा अभिकर्ताहरुको मङ्गलबार बसेको प्रथम भेलाले अग्रवालको नेतृत्वमा ११ सदस्यिय कार्य समिती चयन गरेका हुन् । समितीमा उपाध्यक्ष पदका लागि शारदा सुबेदी चयन भएका छन् भने सचिव पदका लागि राजिव भण्डारी छानिएका छन् । त्यसैगरी सह सचिवमा सिर्जना शिवाकोटी र कोषाध्यक्षमा लेखनाथ आचार्य चयन भएका छन् । सदस्य पदका लागि गंगा तिमल्सिना, रिता ढुंगाना चापागाई, रोमा थापा, देबका श्रेष्ठ, रोजिना दास र एलिशा कार्की चयन भएका छन् ।
त्यसैगरी सो भेलाले भीम रायमाझीको संयोजकत्वमा सल्लाहकार समिती समेत गठन गरेको छ । समितीको सदस्यमा दुर्गा देवी सिटौला छानिएका छन् ।