झापा : झापाको शिबसताक्षीमा विश्व शान्तिको कामनाको लागी वौद्ध धर्मालम्वीहरुले पञ्च दिवसीय होमादी तथा प्रवचन गरिरहेका छन् ।

शिबसताक्षी ११ झिलझिले स्थीत टासी धागेलिङ वौद्ध गुम्बा विकास समितिले गत २० गते देखि गुम्बा परिसरमा सामुहिक विश्व शान्ति पुजा गरेका हुन् । विश्वमा भैरहेको प्राकृतिक प्रकोप तथा हत्या हिंसालाई रोक्न विश्व शान्ति पुजा गरिएको टासी धागेलिङ वौद्ध गुम्बा विकास समितिका सचिव जसकुमार तामाङले बताए ।  कार्यक्रमको पहिलो दिन वुद्धको प्रतिमाको प्राण प्रतिष्ठा गरिएको बताइएको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि विश्व शान्ति पुजाले ठुलो टेवा पुगेको समितिका अध्यक्ष डिके लामाले जानकारी दिए । विश्व शान्ति पुजामा नेपालका ४५ जिल्लाका बौद्ध धर्मलम्बीहरु सहित भारत, भुटान, अमेरिका, क्यानाडा, अस्ट्रेलिया लगायतका देशहरुबाट १० हजार वौद्ध धर्मालम्बीहरुको आगमन भएको आयोजकको दाबी छ ।

कार्यक्रममा खेम्पो (आचर्य) जोक्छेन मोक्तानसहित ५० जनाले प्रवचन गरिरहेको जनाइएको छ । भोली हुने समापन कार्यक्रममा ३ सय बढि वौद्ध धर्ममा शरणागत हुने समेत आयोजकले जनाएको छ ।