ताप्लेजुङ : ताप्लेजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम फुङ्लिङ बजारबाट मिक्वाखोला- २ खोक्लिङतर्फ जाँदै गरेको मे १ च ६६०६ नम्बरको जीप बुधबार साँझ दुर्घटना हुँदा ३५ वर्षीया पबित्रा कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । घाइते हुनेमा खोक्लिङका ३० वर्षीय संजीव भण्डारी र अर्का एक जना नाम नखुलेका व्यक्ति रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निरीक्षक मोहन पोख्रेलले बताए ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको र घाइतेको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको प्रहरीले जनाएको छ ।