ईलाम : ईलामको सुर्याेदय नगरपालिका-१२ आठघरेमा दाजुभाई बिच झगडा तथा कुटपिट हुँदा भाईको मृत्यु भएको थियो ।

यही पौष-२० गते राती स्थानीय ४८ बर्षीय राम बहादुर रसाईली र ४६ बर्षीय हर्कबहादुर रसाईली बिच मादकपदार्थ सेवन गरी झै-झगडा हुँदा दाजु राम बहादुरले भाई हर्क बहादुरलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो । भाई हर्क बहादुरको मृत्यु पश्चात फरार रहेका रामबहादुर रसाईलीलाई खोजतलास गर्ने क्रममा उनलाइ हिजो झापाको काकड्भिट्टाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।