धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका २ स्थित बतासे शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे-फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ७ बजेको समयमा स्थानीय ३० वर्षिय टेक बहादुर लिम्बुलाई खोल्सीमा टाउको ढुङ्गाले ठोकिएर मृत्यु भएको अवस्थामा पैदलयात्रीले देखेपछी प्रहरीलाई खबर गरेका थिए । हिजो राती बजारबाट घर तर्फ जाने क्रममा को.२८ प.८०५२ नम्बरको मोटरसाईकलमा सवार उनी सडकबाट अंदाजी २,३ मिटर तल झर्दा उनको मृत्यु भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । कानूनी प्रकृया तथा थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरीको टोली खटिएको थियो ।