धरान: जर्बजस्ती करणीमा अदालतबाट कैद सजायको फैसला भएर पनि फरार भएका एक अभियुक्तलाई धरान प्रहरीले पक्राउ गरेर कारागार चलान गरेको छ ।

फरार अभियुक्तहरुको खोजी गर्ने क्रममा धरान ११ का ३२ बर्षीय सनोत राइलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर फैसला कार्यन्वयनको लागी जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तान गर्न झुम्कास्थित कार्यालय पठाईएको पनि ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अदालतले २०५८ मंसिर २० गते जवरजस्ती करणी मुद्दामा उनलाई ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।