सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ४ सनासा र फोर्त्सेको बाटोमा राखेको काठको रेलिङ भाँचिएर तल झर्दा एक जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो पौने ३ बजेको समयमा सोही गाउँपालिका ४फोर्त्से ठागा घर भएका ४० बर्षका पाल्देन शेर्पा नाम्चे हाट गएर घर फर्कने क्रममा वाटोको किनारामा रहेको काठको रेलिङ समाउदै हिड्दै गर्दा दुर्घटना भएको हो । सो क्रममा रेलिङ भाचिएर बाटोबाट १०० मिटर तल खसेका थिए । गम्भीर घाइते उनलाई उपचारको लागि खुन्दे अस्पताल खुम्जुङमा पुर्याठउना साथ डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ ।