धरान : धरान १३ नं. वडा कार्यालयमा भएको सूचना अभियन्ताहरुको भेलाबाट सुचनाको हकका लागि धरान उपमहानगर सञ्जाल गठन तथा धरान नगर घोषणा पत्र २०७६ जारी गरिएको छ ।

शनिबार भएको भेलाबाट सुचनाको हकका अभियान्ता कपिल ढुंगानाको  संयोजकत्वमा ९ सदस्यीय नगर  कमिटी गठन गरिएको छ । समितिको सहसंयोजक निर्मला शिवाकोटी, सचीव सन्जिता धमला, सह-सचिव सबु बराल, कोषाध्यक्ष सबिना राई रहेका छन् । त्यसैगरी सदस्यमा शिखा लिम्बू, निश्चल बि.क.रहेका छन् ।  यसैगरी धरान नगर घोषणा पत्र २०७६ का लागि दिपिका कार्की, आशिषराज राजवंशी र ऋतु राईको संयोजकता दिइएको छ । उक्त कार्यक्रममा सुनसरी जिल्ला संजालको लागि सुचना अभियन्ता दिपिका कार्की, आशिष राज राजवंशी र निर्मला शिवाकोटी गरी तीन जनालाई मनोनित समेत गरिएको थियो ।

सुचना हकका अभियान्ता तथा १३ नं. वडाका वडाअध्यक्ष नेत्र प्रसाद काफ्लेको समेत उपस्थित रहेको थियो । व्यक्ति विशेष भन्दा संस्था विशेष सूचना माग्न अनुरोध गएिको छ । धेरै भ्रष्टचार तिन निकायमा रहेको जनताले धेरै दुःख पाईरहेको भन्दै जिल्ला प्रशासन कार्यालय, सरकारी उधोग कार्यालय, जिल्ला अदालतमा बढि भष्ट्राचार भएको वडाध्यक्ष काफ्ले बताए ।