मोरङ : मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरीडाँडा स्थित भित्री सडक खण्डमा ट्याक्टर र अटो ठोक्किदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते घाईते भएका छन् ।

शनिबार राती पौने ११ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ ह ४३११ नम्बरको अटोले सोही स्थानमा रोकीराखेको को २ त २९३० नम्बरको मिनि ट्रयाक्टरलाई पछाडीबाट ठक्कर दिदा स्थानीय अटो चालक २२ वर्षीय रेवत परीयार र अटोमा सवार कानेपोखरी गाउँपालिका–३ हर्कपुर बस्ने ७६ वर्षीय पुर्णबहादुर परीयार गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा पुर्णबहादुर परीयारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।