भोजपुर: भोजपुरको राम प्रसाद राई गाउँपालिका १ ओख्रेमा जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर राखी अस्थयी प्रहरी पोष्टको स्थापना गरिएको छ ।

नयाँ स्थापना भएको अस्थायी पोष्ट ओख्रे भोजपुरको प्रतिनिधिसभा सदस्य सुधन किरातीले आज एक कार्यक्रमका बिच उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा राम प्रसाद राई गाउँपालिका उपाध्यक्ष सम्झना राई, भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा , जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नर बहादुर सलामी मगर, स्थानिय बुद्धिजिवी, भद्र भलादमी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।