ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका १० मिक्लुङ स्थितमा रहेको निर्माणाधिन सानिमा मिडिल तमोर हाइड्रोपावरमा काम गर्ने क्रममा १ जना चाईनिज कामदारको मृत्यु भएको छ ।

बुधबार राती ११ बजेको समयमा चाईनाका अन्सुई प्रदेश बस्ने ५१ वर्षीय चाङस्याकन सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारकोलागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।